
काठमाडौं, २४ मंसिर । नुवाकोट क्षेत्र नम्बर १ बाट पराजित कांग्रेस नेता डाक्टर रामशरण महतले विजयी उम्मेदवार हितबहादुर तामाङलाई बधाई दिएका छन्। सामाजिक संजाल मार्फत बधाईदिदै उनले आफ्नो हारलाई परिवर्तनको जनचाहनाका रुपमा लिएका छन्।
उनले ट्वीट गर्दै लेखेका छन्–बिगत २३ वर्षमा लगातार ४ पटकको बिजय पछि यस संसदीय निर्वाचनमा मेरो पराजयलाई परिवर्तनको जनचाहना मान्दै बिजयी हित बहादुर तामाङलाई बधाई र सुभकामना दिन्छु । मेरा मतदाता,शुभचिन्तक र पार्टी मित्रहरूको सहयोगको लागि धन्यबाद । लोकतान्त्रिक बिकास र आर्थिक सम्मुन्नतीको मेरो प्रतिबद्धता निरन्तर रहनेछ ।’
Leave a Reply