Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेञ्चुरी, अल्पाइन र सेतीको एकिकृत कारोबार शुरु

सेञ्चुरी, अल्पाइन र सेतीको एकिकृत कारोबार शुरु

काठमाडौं, २४ मंसिर । सेञ्चुरी कमर्शियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्त गरि मंसिर २४ गतेबाट एकिकृत कारोबार शुरु गरेको छ । एकिकृत कारोबार पछि बैंकको नाम सेञ्चुरी कमर्शियल बैंक नै रहने छ ।

सेञ्चुरी बैंकले अल्पाइनसंग एक सय बराबर ९३ कित्ता र सेती फाइनान्ससंग १०० बराबर ७० कित्ताको स्वाप रेसियो निर्धारण गरेको थियो । एकिकृत कारोबार पछि बैंकको चुक्ता पुँजी ७ अर्ब ६८ रुपैयाँ पुग्ने छ । ८ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर दिने बताएको छ ।

बैंकको हाल निक्षेप संकलन ४९ अर्ब रुपैयाँ र कर्जा प्रवाह ४५ अर्ब रुपैयाँ रहेको छ । यस्तै बैंकको अब शाखा संख्या ८५ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x