कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट पराजित भएका छन् । वाम गठबन्धन तर्फबाट एमालेका कृष्णकुमार श्रेष्ठसँग नेता पौडेल पराजित भएका हुन् ।

श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याए थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेता पौडेलको २७ हजार ६ सय ९० मत प्राप्त गरेका थिए । यस निर्वाचन क्षेत्रको क प्रदेशमा एमालेका रामबहादुर गुरुङ १८ हजार २ सय ६५ मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले १६ हजार ८ सय ७८ मत प्राप्त गरे । त्यस्तै प्रदेश ख मा माओवादीका हरिबहादुर चुमान १५ हजार ३ सय ६० मत ल्याए विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी रघुनाथ पौडेलले ११ हजार ८ सय ८१ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *