Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दुई सय रुपैयाँले घट्यो सुनको मुल्य

दुई सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं, २५ मंसिर । स्थानिय बजारमा सुनको मुल्य ओरालो लाग्ने क्रममा रहेको छ । सोमबार स्थानिय बजारमा सुन प्रति तोला ५४ हजार तिन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ । हिजो आइतबारको तुलनामा आज सोमबार सुन प्रति तोला दुई सय रुपैयाँले घटेको छ । हिजो सुन प्रति तोला ५४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मुल्यमा ह्रास आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको गिरावट कै कारण स्थानिय बजारमा पनि यसको असर देखिएको हो । स्थानिय बजारमा मंसिर १ गते यता मंसिर २५ गतेसम्ममा सुन प्रति तोला १६०० रुपैयाँले कमी आएको छ ।

स्थानिय बजारमा विवाहको मौसममा सुनको मुल्यमा आएको गिरावटले उपभोक्ताहरुलाई फाइदा भएको छ । विवाहको मौसममा स्थानिय बजारमा सुनको कारोबारमा वृद्धि हुने गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x