अनुपमा खुञ्जेली मेगा बैंकको का.मु सिइओ

काठमाडौं, २५ मंसिर । मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेलीलाई नियुक्त गरिएको छ । मंसिर २४ गते बैंकको संचालक समितिको बैठकले खुञ्जेलीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल शाहको कार्यावधि सकिए पछि खुञ्जेलीलाई का.मु. प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती दिइएको हो । यस अघि खुञ्जेली बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *