Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

सिटिजन लाइफको साधारणसभा पुस १८ गते बस्ने, २० प्रतिशत लाभांश पारित गरिने

सिटिजन लाइफको साधारणसभा पुस १८ गते बस्ने, २० प्रतिशत लाभांश पारित गरिने

काठमाडौं, २८ मंसिर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गते शुक्रबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका सदस्यहरूको सेवा सुविधा सम्बन्धमा र कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्वमा भएका खर्च अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *