Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गुडविल फाइनान्सको भयो शेयर मुल्य समायोजन

गुडविल फाइनान्सको भयो शेयर मुल्य समायोजन

काठमाडौं, २५ मंसिर । गुडविल फाइनान्स लिमिटेडको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले फाइनान्सको प्रति शेयर १६१ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार फाइनान्सको शेयर आधार मुल्य २१३ रुपैयाँ रहेको छ ।

लाभांश प्रयोजनका लागि फाइनान्सको शेयर मुल्य समायोजन गरिएको हो । फाइनान्सले शेयरधनीहरुलाई १०.१९२८ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै कर प्रयोजनका लागि शेयरधनीहरुले ०.५३६ प्रतिशत नगद लाभांश पाउनेछन् ।

गुडविल फाइनान्सको २३औं वार्षिक साधारण सभा पौष ७ गते बस्ने भएको छ । कम्पनीले उक्त साधारण सभामार्फत शेयरधनीहरुलाई १०.१९२ प्रतिशत बोनस शेयर र कर तिर्न ०.५३६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्ने छ । गुडविलको हाल चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x