एलपि ग्यास उद्योगको समस्या समाधानमा पहल गर्ने देउवाको आश्वासन
काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले एलपि ग्यास उद्योगमा देखिएको समस्याको समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् । आइतबार संघमा आबद्ध व्यक्तिहरुले सभापति देउवालाई भेटि ग्यास उद्योगहरुको समास्याका बारेमा जानकारी गराएपछि उनले यस्तो आश्वासन दिएका हुन ।
देउवाले ग्यास जस्तो अत्यावश्क वस्तु उत्पादन तथा बिक्री वितरणमा समस्या आउन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगग आजै भेट गरि समस्याको समाधान निकाल्ने आश्वासन दिए । एलपि ग्यास उद्योगी तथा व्यवसायीहरुले आफुहरुलाई परेको समस्यामा सरकारले बेवास्था गरेको भन्दै आगामी फागुन २८ गते देखि ग्यास उत्पादन तथा बिक्री वितरण ठप्प गर्न घोषणा गरेका छन् । उद्योग संचालनको आधारमा नाफा दिनु पर्ने, नेपाली नम्बर प्लेटका ग्याँस बुलेट संचालन लगायतका १० बुँदे माग संघको रहेको छ ।