Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जनता बैंकद्वारा ३ दिने निः शूल्क स्वास्थ्य शिविर सम्पन्न

जनता बैंकद्वारा ३ दिने निः शूल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, १२ फागुन । जनता बैंक नेपालले ३ दिने निः शूल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न गरेको छ । बैंकले रामेछापको दोरम्बा गाउँपालिकामा फागुन ८, ९ र १० गते बृहत निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर र स्तन क्यान्सर सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी बैंकले उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरेको जनाइएको छ।

उक्त स्वास्थ्य शिविरहरुमा १ हजार भन्दा बढीकोे बृहत स्वास्थ्य परिक्षण गरिएको थियो । जसमध्ये ५७ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो । स्त्री रोग सम्बन्धी उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नु पर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । बैंकबाट रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको बैकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x