Date

बुध, अशोज २९, २०८२
Wed, October 15, 2025

जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान

जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान

बाजुरा, २९ असोज। जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान गरिएको छ । अस्पतालले फोहोर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको हो । अस्पतालबाट निस्कने फोहोरबाट उत्पन्न हुने संक्रमणलाई न्युनिकरण गर्न नयाँ प्रविधिबाट फोहरको व्यवस्थापन सुरु गरिएको हो ।

फोहोरजन्य वस्तु उचित रूपमा विसर्जन नहुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न फोहर निर्मलीकरण मेसिन जडान गरिएको अस्पतालका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए । अस्पतालबाट निस्किने सबै खालको फोहोर मेसिनमा राखेर रोगका कीटाणुलाई पूर्ण रूपमा निर्मलीकरण गरेर विसर्जन गर्न सहयोग पुग्ने उनले बताए ।

उनका अनुसार,औषधिका डब्बा, सिरिन्ज,स्लाइनका बोतल, मेटल, कागज, लगायत अन्य प्रयोग भई सकिएका फोहोरलाई  प्रशोधन गर्ने र सहज तरिकाले विसर्जन गरिने गरि मेसिन जडान गरिएको बताएका छन् । अस्पतालजन्य फोहोरलाई १ सय २१ डिग्री सेन्टिग्रेड तापक्रममा आधा घण्टा मेसिनमा राखेपछि यसबाट फोहोरमा भएका सबै किसिमका किटाणुहरू मर्ने र किटाणु मरेपछि संक्रमण नहुने गरेको छ ।

फोहरबाट सम्भावित जोखिमलाई न्युनिकरण गर्न करिब १ करोड ७० लाखको लागतमा प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र धनगढी कैलालीबाट अस्पताल बाजुरामा उक्त मेसिन जडान गरिएको हो । मेसिन जडानले अस्पतालको फोहरजन्य वस्तुहरुलाई सहज रुपमा संक्रमण नहुने गरि व्यवस्थापन गर्न सहज हुने छ । प्रशोधित फोहर बडीमालिका नगरपालिकाको टिप्परबाट विसर्जन गरिने भएको हो।

प्रयोग पश्चात् खेर गएको फोहबाट उत्पन्न हुने संक्रमणलाई निराकरण गर्न बाजुरा अस्पताल सहित डोटी अस्पताल र बयलपाटा अस्पतालमा फोहर निर्मलीकरण मेसिन जडान गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र धनगढी कैलालीका बायोमेडिकल ईन्जिनियर आसुतोष भण्डारीले बताए ।

संक्रमित फोहोरलाई मेसिनमा प्रयोग गरी निर्मलीकरण गरिने जसबाट कुनै संक्रमण नहुने गरेको भण्डारीको भनाइ छ । मेसिनबाट अस्पतालका वार्डहरुमा संकलित फोहोरलाई कुनै संक्रमण नहुने गरि व्यवस्थापन गर्न ठुलो सहयोग पुग्ने उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *