Date

बुध, अशोज २९, २०८२
Wed, October 15, 2025

राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै

राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै

काठमाडौं, २९ असोज । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब अधिक तरलता खिच्ने भएको छ ।

निक्षेप संकलन उपकरणमार्फत सो रकम खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । जम्मा ४ दिने अवधिको लागि सो रकम तान्न लागिएको हो । बुधबार दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सक्नेछन् ।

बोलकबोलका आधारमा ब्याजदर निर्धारण हुने यसमा बैंक तथा वित्तीय संस्थाले घटिमा १० करोड र बढीमा ५ करोडले भाग जानेगरी सबै रकमसम्म तोक्न सक्नेछन् ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *