Date

बुध, अशोज २९, २०८२
Wed, October 15, 2025

नेपाली बजारमा सुन मूल्यमा लगातार वृद्धि, चाँदी घट्यो

नेपाली बजारमा सुन मूल्यमा लगातार वृद्धि, चाँदी घट्यो

काठमाडाैं, २९ असाेज । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्ने क्रम जारी छ। बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो यो मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ थियो।

यसैबीच, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ८५ रुपैयाँले घटेर ३ हजार २४० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *