वाइडबडी जहाज प्रकरण छानविनमा अख्तियार
काठमाडौं,१३ फागुन । वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रतिवदेन बुझाउन नसकिएका वेला यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने वाइडबडी प्रकरणमा छानविन शुरु गरिएको बताएको छ । सरकारले लेखा समितिको प्रतिवेदनलाई अस्वीकार गर्दै छुट्टै न्यायिक आयोग गठन गरेपनि हाल सम्म प्रतिवेदन सार्वजनिक नगर्नुले प्रशस्त शंकाको सुविधा दिएको अवस्थमा अख्तियार दुरूपायोग अनुसन्धानआयोगले शुरु गरेको अनुसन्धानलाइ महत्वका साथ हेरिएको छ ।
अख्तियारका प्रमुख आयुक्त नवीनप्रसाद घिमिरेले वाइडबडी प्रकरणमा अनुसन्धान सुरु भइसकेको बताएका छन् । वाइडबडी प्रकरणमा मुछिएका सरोकारवालासँग बयान लिने र कागजपत्र संकलन गर्ने कार्य भइरहेको र लेखा समितिले दोषी ठहर गरेका सहित अन्य व्यक्तिसँग पनि क्रमशः बयान लिइने प्रमुख आयुक्त घिमिरेले संसद समितिमा जनाकारी गराए ।
ससदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ३६ लाख रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको५ छ । जसमा दुई पूर्वमन्त्री र बहालवाला मन्त्रीदेखि मन्त्रालयका कर्मचारीसम्मलाई दोषी ठहर गरेको छ । समितिले वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायत निगमका पदाधिकारीलाई पनि दोषी देखाएको छ । यस्तै अख्तियारले नेपाल इन्जिनियरिङ कलेज प्रकरणमा ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि राजीनामा दिएका अख्तियारका आयुक्त राजनारायण पाठकमाथि पनि अनुसन्धान अघि बढाएको छ ।