Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अर्थमन्त्री डाक्टर युवराज खतिवडा स्वदेश फिर्ता

अर्थमन्त्री डाक्टर युवराज खतिवडा स्वदेश फिर्ता

काठमाडौं,१२ फागुन ।  अर्थमन्त्री डा. युवराज खतिवडा स्वदेश फर्किएका छन् ।  

गैरअवसीय नेपाली संघ बेलायततले आयोजना गरेको नेपाल विकास सम्मर्लनममा सहभागि भइ खतिवडा आइतबार राति ८ बजे स्वदेश फर्किएका हुन । वेलायमा रहदा अर्थमन्त्री खतिवडाले उद्योगी व्यवसायीहरुलाई नेपाले आयोजना गर्न लागेको लगानी सम्मेलन, राजनीतिक स्थायीत्व र कानून निर्माणबाट बनेको लगानीको वातावरणका सम्वन्धमा जानकारी गराएका थिए ।

कार्यक्रममा सम्भाव्य लगानीकर्ताले नेपालमा लगानीको संभावना र सुधारहरुबारेमा चासो व्यक्त गरेका थिए । नेपालमा सञ्चालनमा रहेका साना–साना व्यवसायिहरुले पनि आधुनिक किसिमले कसरी ठूला उद्यमी बन्न सकिन्छ र  थोरै पूँजीले रोजगारी सृजना गरी अन्तर्राष्ट्रियस्तरमा बजारको पहुँच विस्तार गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतीकरण गरेका थिए । सो कार्यक्रममा बेलायती सांसदका शीर्ष व्यक्तित्व, हाउस अफ लर्ड्सका सांसद, सरकारका उच्च पदस्थ प्रतिनिधिले नेपालको विकास, लगानी र समृद्धिका बारेमा चासोका साथ सहभागि भएका थिए ।

सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपालमा लगानी बोर्डलाई थप शसक्त्त एवम् गतिशिल बनाउन कानुन परिर्माजन गरी सो संस्था मार्फत लगानीकर्तालाई एकद्धार सेवा प्रवाह हुने जानकारी गराए । उनले कानूनी तथा नीतिगत सुधार, लगानीका सम्भावित क्षेत्र, सरकारका प्राथमिकता, नेपाल लगानीका प्रतिफललगायतका हिसावले कसरी लगानीको लागि तुलनात्मकरुपमा उत्कृष्ट गन्तव्य बन्न सक्छ भन्ने विषयमा प्रष्ट पार्दै सो अवसरको लाभ लिन बेलायति, युरोपेरी तथा तथा गैरआवासीय नेपाली लगानीकर्तालाई आब्हान समेत गरे।

वेलायतमा रहदा अर्थमन्त्री खतिवडा र बेलायती राजकुमार, अन्तर्राष्ट्रिय आर्थिक सहायता राज्यमन्त्री तथा हाउस अफ लडर्सका सदस्य लर्ड बेट्ससंग बेलायतको हाउस अफ कमन्समा भेटघाट भयो । सो भेटमा लर्ड बेट्सको जिज्ञाशामा मन्त्री खतिवडाले भुकम्पपछिको पुर्ननिर्माणको कार्य अन्तिम चरणमा रहेको जानकारी गराए । नेपालको संघीय संरचनामा भएमा भएका प्रगति एवम् नेपालले समाबेशिता सम्बन्धमा हासिल गरेका उदाहरणीय उपलब्धीबारेमा जानकारी पाउँदा मन्त्री लर्ड उत्साहित भएका थिए । साथै नेपालकोविकास र समृद्धिको लागि बेलायत सरकार जस्तोसुकै सयोग गर्न पनि प्रतिवद्ध रहेको बताए ।

यसै गरी भेटमा वेलायत सरकारसँग दोहोरो कर मुक्त सम्झौता सम्बन्धी छलफल समेत भएको मन्त्रीको सचिवालयले जनाएको छ  । सो सम्बन्धमा दुई सरकारबीच हालसम्म भएका प्रगति र अब सहमतिका लागि सुल्झाउनु पर्ने विषयहरु समेत छलफल भएको र  छिट्टै नै थप वार्ता गरी यसलाई टुङ्गोमा पुयाउने समझदारी भयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x