Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

मिस नेपाल २०१९ का लागि आवेदन खुला, इच्छुकले मार्च २१ सम्म आवेदन दिन सक्ने

मिस नेपाल २०१९ का लागि आवेदन खुला, इच्छुकले मार्च २१ सम्म आवेदन दिन सक्ने

काठमाडौं, १२ फागुन । मिस नेपाल २०१९ का लागि आवेदन खुला गरिएको छ । आइतबार राजधानीमा मिस नेपालको आयोजक संस्था दी हिडन ट्रेजरले पत्रकार सम्मेलनको अयोजना गरि आवेदन खुला गरिएको जानकारी दिएको हो ।


इच्छुकले मार्च २१ तारिख सम्म मिस नेपालको आधिकारीक वेबसाइडमा गएर आवेदन दिन सक्ने छन् । आवेदकले नेपाली नागरिकता वा पासपोर्ट, २० बर्ष देखि २४ बर्ष ननाघेको ५.४ ईन्च उचाई भएका अविवाहित युवतीहरुले आवेदन दिन सक्ने जनाइएको छ ।


प्रतियोगिताको अडिसन काठमाडौ देखि बाहेक धरान, बिराटनगर, पोखरा, वुटवल, नेपालगन्ज, चितवन लगायत अन्य स्थानहरुमा पनि हुने बताइएको छ । फाइनल भने आगामी मे ९ मा हुने छ ।


यो वर्ष नेपालमा मिस नेपाल प्रतियोगिता सुरु भएको २५ औ बर्ष पुरा हुने भएकाले यो पटकको मिस नेपाल प्रतियोगिता गत बर्षहरुको तुलनामा फरक हुने दी हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले जानकारी दिए । २५ औ बर्ष सम्म आईपुग्दा मिस नेपाल आयोजकलाई सहयोग गर्ने संघ, सस्थाहरुको संख्यामा उल्लेख्य वृद्धि भएको भन्दै उनले सहयोगि सबैहरुलाई धन्यवाद पनि दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x