कामना सेवाकोे ६६ औं शाखा काठमाडौंको चाबहिलमा

काठमाडौं, १२ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको वडा नं ०७, चाबहिलमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरे ।

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६६ वटा शाखा तथा २० वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *