Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर बजार ११०२.३२ को बिन्दुमा झर्यो

सेयर बजार ११०२.३२ को बिन्दुमा झर्यो

काठमाडौं, १२ फागुन । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बजार १०.७५ अंकले घटेर ११०२.३२ को बिन्दुमा भरेको छ ।

कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन बाहेक अरु सबै समुहको परिसुचक घटेपछि समग्रमा बजार तल झरेको हो । उत्पादन तथा प्रशोधन समुचक ३३.२ अंकले बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समुहको परिसुचक ६९.२ अंकले घटेको छ। जीवन बीमा पनि ६१ अंकले तल घटेको छ।

आइतबार १ सय ६६ कम्वनीको २० करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबारमा एनआसि एसिया बैंकको सबैभन्दा धेरै सेयर खरिद बिक्री भएको छ । त्यस्तै धेरै कमाउनेमा युनिलिभर नेपालका लगानीकर्ता परेका छन् भने गुमाउनेमा किसान माइक्रोफाइनान्स वित्तिय संस्थानका लगानीकर्ताहरु परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x