Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

मार्जिन कारोबार सुविधाका लागि आवेदन आज देखि सुरु

मार्जिन कारोबार सुविधाका लागि आवेदन आज देखि सुरु

काठमाडौं, १५ फागुन । मार्जिन कारोबारको सुविधा उपलब्ध गराउन इच्छुक ब्रोकरहरुले आज देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आवेदन दिन सक्ने भएका छन् । नेप्सेले हिजो सुचना जारी गरि आवेदनका लागि जानकारी गराएको हो ।

मार्जिन कारोबार सम्बन्धि कार्यविधि बमोजिम ब्रोकरहरुले आवेदन दिन सक्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जानकारी दिए । मार्जिन कारोबारबाट लगानीकर्ताहरुले सेयर खरिद गर्दा ५० प्रतिशत लगानी गर्दा ५० प्रतिशत सम्म ब्रोकरले लगानी गरिदिने छ । उनका अनुसार ब्रोकरहरुले नेप्सेले तोकेको सम्पुर्ण प्रक्रिया पु¥याई १ महिना भित्रमा आवेदन दिन सक्नेछन् ।

मार्जिन सुविधा उपलब्ध गराउन ब्रोकरहरुको खुद सम्पति ५ करोड हुनुपर्ने छ । त्यस्तै १० हजार सेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रहि दुई आर्थिक वर्षमा न्युनतम बार्षिक १० प्रतिशत लाभांश वितरण गरेको हुनुपर्ने छ । तर कम्पनीको पुँजीको दायरा ५ करोड रुपैयाँ धेरै भएको ब्रोकरहरुले गुनासो गरेका छन् । ५ करोड रुपैया पुँजी भएका ब्रोकरहरु धेरै नभएको बताउदै ब्रोकर एसोसिएशन नेपालका अध्यक्ष भरत रानाभाटले त्यसका लागि पनि आवेदन मागको समय बढाउनु पर्ने माग गरे । हाल ५० वटा कम्पनी संचालनमा छन् ति मध्ये१० देखि १५ वटा कम्पनीहरुको मात्र ५ करोड पुँजी भएको छ ।

मार्जिन कारोबारले ब्रोकरलाई मात्र नभएर सम्पुर्ण सेयर बजारलाई फाईदा पुग्ने बताउदै अध्यक्ष रानाभाटले ब्रोकरहरुलाई पुँजी बढाउन नेप्सेले आवेदेन पछि पनि खुलाउनु पर्ने धारणा राखेका छन् । उक्त व्यवस्था बमोजिम सेयर लगानीकर्ताले सेयर बजारमा लगानीका लागि ब्रोकर कम्पनीहरुबाट ऋण लगायतका अन्य सुविधा समेत पाउनेछन् । धितोपत्र नै धितोमा राखेर पनि ऋण पाउन सक्ने भएकाले त्यस्तो व्यवस्थाले बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सो प्रणलीमा आवद्ध हुनका लागि लगानीकर्ताले आफुले कारोबार गर्दै आएको ब्रोकरमा मार्जिन खाता खोल्नु पर्ने हुन्छ । ब्रोकरले तय गरेको मापदण्ड पुरा गर्ने लगानीकर्ताले मार्जिन सुविधा पाउनेछन

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x