Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन एनआरएनएले प्रवद्र्धनात्मक कार्यक्रम गर्ने

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन एनआरएनएले प्रवद्र्धनात्मक कार्यक्रम गर्ने

काठमाडौं १५, फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सन् २०१९ लाई नेपाल प्रवद्र्धन वर्षका रुपमा मनाउने भएको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारी लक्ष्य सफल बनाउन सन् २०१९ लाई नेपाल प्रवद्र्धन वर्षका रुपमा मनाउन लागेको जनाइएको छ ।

यस अन्तर्गत एनआरएनएले विश्वभर रहेका आफ्ना सदस्यहरुबाट कम्तीमा एक एक मित्र आफ्नो मुलुक पठाऊ, गौतम बुद्ध जन्मिए र अतिथि देवो भवः लगायतका क्याम्पेहरु चलाउने छ । भ्रमण वर्ष सफल बनाउनकै लागि एनआरएनएका अध्यक्ष भवन भट्टको अध्यक्षता र सह कोषाध्यक्ष सोमनाथ सापकोटाको संयोजकत्वमा २ सय १३ सदस्यीय मूल समिति गठन गरिएको छ । समितिको अगुवाईमा अन्य राष्ट्रिय समन्वय परिषद सम्मिलित उपसमिति गठनको तयारी भइरहेको छ । नेपाल बाहिर आफू रहेको मुलुकबाट संघको एक सदस्यले कम्तीमा एक पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने कार्यहरु प्रारम्भ भइसकेको अध्यक्ष भवन समेत भट्टले बताए । उनले भने–‘नेपालको आर्थिक विकास पर्यटन क्षेत्रबाट गर्न सम्भव छ । त्यसको लागि हामीले नेपाल भ्रमण वर्ष २०२० लाई आ–आफ्ने स्थानबाट प्रचार प्रसार गर्न जरुरी छ ।’

त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली नारालाई साकार पार्ने महत्वपूर्ण अवसर नेपाल भ्रमण वर्ष २०२० भएको बताए । उनले भने–‘समृद्ध नेपाल सुखी नेपाल सरकारी लक्ष्यलाई भ्रमण वर्षले साकार पार्न सक्छ । त्यसको लागि हामी सबै एक भएर लाग्नु पर्दछ । एनआरएनले थालेको यस अभियनामा पर्यटन बोर्डको तर्फबाट गर्नु पर्ने सहयोग हामी गर्ने छौं । हामी सबै मिलेर लाग्यौं भने २० लाख पर्यटन भित्र्याउने लक्ष्य सम्भव छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x