नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाइयो
काठमाडौं,२८ फागुन । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले सिके राउतसँग गरिएको राजनीतिक सहमति सार्वजनिक कार्यक्रममा ‘कम्युनिस्टका नाममा हिंसा र आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग वार्ता नगर्ने’ छुट नदिने बताएका थिए।त्यसयता केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले विप्लव समूहविरूद्ध कडा अभिव्यक्ति दिँदै आएका छन्। विप्लवका कार्यकर्ता पक्राउ पर्ने क्रम पनि बढेको छ। विप्लव समूहले केही दिनअघि ललितपुरस्थित एनसेलको प्रधान कार्यालय बम विष्फोट गराएको थियो भने जसबाट एक जनाको मृत्यु भएको र दुइ जना घाइते भएका थिए यस्तै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा बम विस्फोट गरेको भनि जिम्मा लिएको छ ।