नेपाल इन्फ्रास्ट्रक्चर बैंक विद्युतीय चेक क्लियरिङ्ग र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा
काठमाडौं २८, फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवामा आवद्ध भएको छ । बैंक वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न भुक्तानी प्रणालीहरुमा आवद्ध गराउँदै लैजाने क्रममा बैंकले पनि यस प्रणालीमा आवद्ध भएको हो । जसका लागि बैंक र नेपाल क्लियरिङ्ग हाउसले एक सम्झौता गरेको छ । सो सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेूले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय प्रणाली मार्पmत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीयमाध्यम मार्पmत चेक राफसाफ गर्न सक्नेछन् । त्यस्तै विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय प्रणाली मार्पmत कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तरबैंक कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
चेक क्लियरिङ्ग प्रणालीमा ८१ बैंक वित्तीय संस्थाहरु र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७६ बैंक तथा वित्तीय संस्थाहरु आवद्ध रहेको पनि कम्पनीको उल्लेख छ ।