Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

विदेशी लगानी सम्बन्धी विधेयकमा चेम्बरको असन्तुष्टि

विदेशी लगानी सम्बन्धी विधेयकमा चेम्बरको असन्तुष्टि

काठमाडौ, २८ फागुन । विदेशी लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि बनेको बिधेयक २०७५ प्रति नेपाल चेम्बर अफ कमर्सले असन्तुष्टि जनाएको छ । संसदमा पेश गरिएको र विचाराधीन रहेको बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक २०७५ मा व्यवस्था गरिएको प्राबधानहरु प्रति चेम्बर अफ कमर्सले असन्तुष्टि प्रेस विज्ञप्ती जारी गर्दै असन्तुष्टि व्यक्त गरेको हो ।

विधेयकमा व्यवस्था गरिएका क्षेत्रमा विदेशी लगानी नेपाल भित्र्याउदा मुलुकलाई घाटा हुने भन्दै सम्पुर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । नेपाल चेम्बर अफ कमर्सका अनुसार राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पुँजी परिचालन गरि स्वदेशी सिपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन ।

विज्ञप्तीमा भनिएको छ, बैदेशिक लगानी, आन्तरिक पुँजीले सम्भव नहुने उच्च प्रबिधियुक्त ठुला परियोजना र मेगा–इन्डस्ट्रीमा उपयुक्त हुन्छ । साथै स्वदेशी ज्ञान, सिप र प्रबिधिको परिचालन गर्न सकिने क्षेत्रहरु, जस्तै लघु उद्योग र घरेलु उद्योग अन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु, पशु पालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन, कार्गो सेवा एबं शैक्षिक परामर्स जस्ता अति महत्वपूर्ण व्यवसायहरुमा बैदेशिक लगानी भित्र्याउंदा त्यसबाट राष्ट्रलाई फाइदा भन्दा धेरै बेफाइदा नै हुन सक्छ । ति क्षेत्रहरुमा क्रियाशील स्वदेशी जनशक्तिमा निराशा पैदा हुंदा पुँजी निस्क्रिय हुने सम्भावना हुन्छ जसले गर्दा जनशक्ति विस्थापन र पलायन हुनुका साथै स्वदेशी उद्यमशिलतामा ह्रास आउछ । त्यसैले स्वदेशी सिप, प्रबिधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रहरुमा बैदेशिक लगानीलाई प्रबर्दन नगर्न नेपाल चेम्बर अफ कमर्सले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x