Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सहयोगी विकास बैंकको एटीएम सेवा शुरु

सहयोगी विकास बैंकको एटीएम सेवा शुरु

जनकपुर २८ फागुन । सहयोगी विकास बैंक लिमिटेडले एटिएम सेवा शुरु गरेको छ । बैंकले आफ्नो आधुनिक सेवा विस्तारको क्रममा जनकपुरधाम स्थीत बैंकको केन्द्रीय कार्यालयमा एटीएम सेवाको विधिवत शुभारम्भ गरेको हो । उक्त एटीएमको बैंकका अध्यक्ष उदयकान्त झा ‘जिवन’ ले शुभारम्भ गरेका हुन् ।

बैंकको उक्त एटीएमबाट नेपालको साथै भारतमा रहेको एटीएम नगद झिक्न तथा कारोबार गर्न सकिने बैकले जानकारी दिएको छ । यसका साथै बैंकले महोत्तरीको बर्दिवास शाखा, गौशला शाखा र जलेश्वर शाखा गरी जम्मा ४ वटा शाखा कार्यालयहरुमा एटीएम शाखा सञ्चालनमा ल्याएको छ । एटीएम टर्मिनलहरु मार्फत सहयोगी विकास बैंकको अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थाका महानुभावहरुले समेत सहज रुपमा कारोबार गर्न सक्नु जनाइएको छ ।

२०६० साल देखी कारोबार सुरु गरेको बैंकले धनुषा, महोत्तरी र सिन्धुली जिल्लाहरुमा १३ वटा शाखा कार्यालयहरुबाट ८५ हजार सेवाग्राहीलाई बैंकिङ सेवा दिइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x