Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मंगलबार नेप्से २०.३३ अंकले बढ्यो

मंगलबार नेप्से २०.३३ अंकले बढ्यो

काठमाडौं, २८ फागुन । पछिल्ला केही दिन यता पुँजी बजार सुधारको बाटो तर्फ लागेको छ । साताको पहिलो कारोबारका दिन देखी नै बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) तेस्रो कारोबारका दिन भने दोहोरो अंकले बढेको हो ।

मंगलबार नेप्से २०.३३ अंकले बढेर १,१६३.२६ विन्दुमा बन्द भएको छ । सो दिन बजारमा कुल १ सय ७६ कम्पनीको १९,४०,७५३ कित्ता सेयर खरिद बिक्री हुँदा ५२ करोड ३६ लाख ३० हजार १२० रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबारका आधारमा भने माच्छापुच्रे बैंकले ३ करोड १२ लाख ५७ हजार रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ भने नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) बैंकले ३ करोड ११ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ ।

यसैगरि मंगलबार सर्वाधिक कमाउनेमा सिनर्जी पावर डेभलमेन्ट कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । जसको सेयर मुल्य १० प्रतिशतले बढेको छ । साथै सिटिजन म्युचल फण्ड १ का लगानीकर्ताहरुले सबै भन्दा धेरै गुमाएका छन् । जसको सेयर १.९२५२५ प्रतिशतले घटेको छ । उक्त दिन नेप्सेमा सुचिकृत ११ वटै समुहको परिसुचक बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x