Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

झापाको भद्रपुरमा कामना सेवा विकास बैंकको शाखा

झापाको भद्रपुरमा कामना सेवा विकास बैंकको शाखा

काठमाडौं, २८ फागुन । कामना सेवा विकास बैंकले आफ्नो ७० औं शाखा कार्यालय स्थापना गरेको छ । बैंकले मुलुकभर वित्तिय सेवा विस्तार गर्ने क्रममा झापाको बिर्तामोड नगरपालिकाको भद्रपुरमा नयाँ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।

बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो शाखा कार्यलयको कारोबार शुभारम्भ गरेका हुन् । आगामी दिनमा थप नयाँ शाखा कार्यलयहरुको स्थापना गर्ने बैंकको योजना रहेको छ ।

बैंकले पछिल्लो समय व्यवसायका दायराहरु बढाउने क्रममा नविनतम प्रोडक्टहरु ल्याउँदै तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जनाएकोे छ । काठमाडौं ज्ञानेश्वरमा केन्द्रिय कार्यलय रहेकोे बैंकले देशका विभिन्न भागहरुमा ६९ वटा शाखा कार्यालयहरु तथा २४ वटा एटिएम मार्फत आफना गा्रहकहरुलाई सेवाप्रदानगर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x