जनरल इन्स्योरेन्स र गण्डकी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं, १ चैत । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल र गण्डकी बिकास बैंक बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । बैंका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिसँगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।