
काठमाडौं, १ चैत । नेपाल इन्भेष्टर्स फोरमले साना लगानीकर्ताको हितलाई मध्यनजर गर्दै ५ लाख रुपैयाँभन्दा कमको कारोबारमा प्यान अनिवार्य नगर्ने धितोपत्र बोर्डको निर्णयको स्वागत गरेको छ । बोर्डले बिहीबार ५ लाख रुपैयाँभन्दा कम कारोबारमा प्यान अनिवार्य नहुने निर्णय गरेपछि फोरमले विज्ञप्ती जारी गरि स्वागत गरेको हो ।
सरकार तथा नियामक निकायबाट आगामी दिनमा पनि पुँजी बजार सुधार तथा लगानीकर्ताको जायज माग पूरा गर्ने सम्बद्धमा प्रभावकारी हिसाबले काम हुने फोरमले अपेक्षा गरेको छ ।
Leave a Reply