७ महिनामा ८ खर्व ३३ अर्व २७ करोडको बस्तु आयात, निर्यात भने ५३ अर्व ८ करोडको मात्र
काठमाण्डौ, १ चैत । चालु आर्थिक बर्षको ७ महिनामा ८ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँको बस्तु आयात भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनीक गरेको सात महिनाको तथ्यांक अनुसार आयत २६.९ प्रतिशतले हो ।
भारतबाट २४.८ प्रतिशत, चीनबाट ३६.६ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३.२ प्रतिशतले बढेको छ । वस्तुका आधारमा पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी लगायतका वस्तुको आयात बढेको छ ।
सो अवधीमा कुल वस्तु निर्यात भने ५३ अर्ब ८ करोड रुपैयाँको मात्र भएको छ । निर्यातको तुलनामा आयात अत्याधिक भएका कारण ७ महिनामा मात्र व्यापार घाटा २७.१ प्रतिशतले वृद्धि भएर मुलुकले कुल ७ खर्ब ८० अर्ब ११ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारततर्फ २१.९ प्रतिशत र अन्य मुलुकतर्फ १.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तर्फको निर्यातमा ३१.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैचा, जूटका सामानहरुमा निर्यात बढेको छ । अलंैची, रोजिन, छाला, जुत्ता तथा चप्पल आयुर्वेदिक औषधी लगायतका वस्तुहरुको निर्यात भने घटेको छ ।