कामना सेवा विकास बैंकका ग्राहकले ग्रान्डी हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने

काठमाडौं, १ चैत । कामना सेवा विकास बैंकका ग्राहकले ग्रान्डी इन्टरनेशनल हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र ग्रान्डी इन्टरनेशनल हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभलप्मेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।


सम्झौता अनुसार अब यस बैंकका प्रिपेड÷डेबिट कार्डका ग्राहकहरुले ग्रान्डि इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ७३ वटा शाखा तथा २९ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *