Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सुदूरपश्चिममा एनआइसी एशिया बैंकको १५ नयाँ चमत्कारिक बचत योजना

सुदूरपश्चिममा  एनआइसी एशिया बैंकको १५ नयाँ चमत्कारिक बचत योजना

धनगढी,२५ चैत । एनआईसी एशिया बैंकले सुदूरपश्चिममा १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ। योजनामा २२ वटा चमत्कारिक विशेषता रहेको बैंकको दाबी छ।

बैंकले २१ वर्ष पूरा गरि २२ औँ वर्षमा प्रवेश गरेको अवसरमा यो योजना ल्याएको एनआईसी एशिया बैंक सुदूरपश्चिमका प्रबन्धक टेकराज भट्टले बताए। बैंकले चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता नामक नयाँ योजना सार्वजनिक गरेको उनले बताए।

कर्मचारीहरुलाई केन्द्रित गरि ल्याईएको चमत्कारिक तलब बचत खाताले बचत गर्ने बानीको बिकास गर्ने बैंकको भनाइ छ। चमत्कारिक बचत निक्षेप खाता बैंकको सुदूरपीश्चमका १६ वटै शाखाबाट खोल्न सकिने प्रबन्धक भट्टले बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x