Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

सेयर बजारमा आज पनि बृद्धि, परिसुचक १२ सय नजिक

सेयर बजारमा आज पनि बृद्धि, परिसुचक १२ सय नजिक

काठमाडौ, २५ चैत । साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि सेयर बजारमा बृद्धि भएको छ। आइतबार दोहोरो अंकले बढेको बजार आज भने ९.३२ अंकले बढेर ११९१.६८ को विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका मध्ये होटल र अन्य बाहेक अरु सबै समुहको परिसुचक बढेको छ। सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक १६७.५ अंकले बढेको छ। त्यस्तै, निर्जीवन बीमा समुहको परिसुचक १५३.७ अंकले बढेको छ। तर होटल समुह ५.५ र अन्य समुहको परिसुचक २.५६ अंकले घटेको छ।

एक सय ७० कम्पनीको ९० करोड रुपैयाँ बढीको सेयर कारोबार भएकोमा एनआइसी एशिया बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ। समिट माइक्रोफाइनान्स विकास बैंकका लागनीकर्ताले सो दिन सबैभन्दा धेरै कमाएका छन् भने राधी विद्युत कम्पनीका लगानीकर्ता धेरै गुमाउनेमा परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *