Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

समृद्ध नेपाल निर्माणको अगुवाई माथिल्लो तहमा रहेकाहरुले गर्नुपर्छ : प्रधानमन्त्री ओली

समृद्ध नेपाल निर्माणको अगुवाई माथिल्लो तहमा रहेकाहरुले गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्ध मुलुकको पहिलो प्राथमिकता भएको दोहो¥याएका छन् । नेपाल उद्योग परिसंघको १६ औं बार्षिक साधारण सभामा उनले कुनै पनि बहानामा आर्थिक सम्बृद्धिलाई ठेस पु¥याउने काम हुन नहुने बताए ।

जनताले थुप्रै अवसर दिएको भन्दै उनले अव माथिल्लो तहमा रहेकाले त्यसको अगुवाई गर्दै विकासको गति अघि बढाउनुपर्ने बताए । ‘स्थिर सरकार नहुदा काम गर्न सकेन भन्यौ, जनता बहुमत दिएका छन्,’ उनले भने ‘अन्य थुप्रै कुराहरु दिएका छन् अवको पालो माथिल्लो तहमा रहेकाले काम गरेर देखाउने हो । त्यो माथिल्लो तहमा रहेका भनेको सरकार, राजनीतिक दल, कर्मचारी, अगुवा उद्योगी व्यवसायी हुन ।’ उनले यी व्यक्तिहरुले कुनै पनि बहानामा अरुलाई देखाएर उम्कन नपाइने भन्दै गम्भिरतापूर्वक आफ्नो कार्यमा लाग्न सबैलाई आग्रह पनि गरे ।

एकअर्को प्रसंगमा प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीहरुलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए । ‘कुन क्षेत्रमा कस्तो सहयोग गर्न पर्ने हो, सरकार तयार छ ।’ प्रधानमन्त्री ओलीले भने– ‘तर परदर्शी व्यवसाय गर्नुस् ।’

त्यस्तै अर्थमन्त्री डा.युवराज खतिवडाले लगानीलाई प्रोत्साहन गर्न सरकारले थुपै ऐन, कानुनहरु संशोधन गरेको जानकारी दिदै अन्य अव्यवहारिक ऐनहरु पनि संशोधनका लागि तयार रहेको बताए । मुलुकको विकासका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनको भनाई छ ।

कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष एवं प्रतिनिधि सभाका सांसद बिनोद चौधरीले पछिल्लो समय मुलुकको आर्थिक विकासमा सबैको ध्यान केन्द्रित हुनु सुखद भएको बताए । उनले यसले दिर्घकालमा फाइदा पुग्ने भन्दै सरकारले लिएका आर्थिक नीतिहरुको प्रभावकारी कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराए । त्यस्तै परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्बृद्धि नै आजको मुल आवश्यकता भएको बताए । परिसंघले समय सापेक्ष ऐन, कानुनहरु संशोधनका लागि सुझावहरु दिइरहेको भन्दै उनले त्यसले व्यवसायमैत्री वातावरण निर्माणमा ठुलो मदत पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा परिसंघले तीन वटा निर्यात कम्पनीलाई अवार्ड प्रदान गर्नुका साथै उत्कृष्ठ केही उद्योगीहरुलाई पनि सम्मानित गरेको छ । परिसंघको यो साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x