धरानमा कामना सेवाकोे ८२ औं शाखा कार्यालय स्थापना
काठमाडौं, ३ वैशाख । कामना सेवा विकास बैंक लिमिटेडले सुनसरी जिल्लाको धरानमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले धरान उपमहानगरपालिका वडा नं. ६ छाता चोकमा ८२ औं शाखा कार्यालय स्थापना गरेको हो ।
शाखा कार्यालय उद्घाटन बैंकका संचालक देव कृष्ण काफ्ले र बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले संयुक्त रुपमा गरेका हुन् । यो शाखा कार्यालय स्थापना भएसँगै प्रदेश नं. १ मा ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा आएको बैंकले जनाएको छ ।
हाल बैंकले देशका विभिन्न भागहरुमा ८२ वटा शाखा कार्यालय र ३७ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।