८ महिनामा ८ खर्ब ८७ अर्ब ८८ करोडको ब्यापार घाटा
काठमाण्डौ, ३ बैशाख । सरकारले आयात प्रतिस्थापन गरि निर्यात बढाउने भनेर विभिन्न योजना तथा कार्यक्रमहरु बनाई रहन्दाँ मुलुकमा आयत भने बढ्दो छ । चालु आर्थिक बर्षको ८ महिनामा नै कुल बस्तु आयत २३.८ प्रतिशतले बढेर ९ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकद्धारा सार्वजनिक फागुन महिना सम्मको तथ्यांक अनुसार ८ महिनामा कुल वस्तु निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँको मात्र भएको छ । निर्यातको तुलनामा आयत अत्याधिक भएका कारण ८ महिनामा मात्र व्यापार घाटा २४.५ प्रतिशतले वृद्धि भएर मुलुकले कुल ८ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँको व्यापार घाटा खेपेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.४ प्रतिशत कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.० प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा कुल वस्तु आयात २३.८ प्रतिशतले बढेर ९ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२ प्रतिशत, चीनबाट भएको आयात ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २०.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूजा, एम.एस. बिलेट, तयारी पोशाक, विद्युतीय सामाग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, सुपारी, स्वास्थ्य सम्बन्धी उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात भने घटेको छ ।
यसैगरि चालु आर्थिक बर्षको ८ महिनामा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २६.३ प्रतिशत र अन्य मुलुकतर्फ १.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तर्फको निर्यातमा २७.६ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दाल लगाएतका वस्तुको निर्यात बढेको छ भने अलंैची, प्रशोधित छाला, जुत्ता तथा चप्पल तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
तथ्यांक अनुसार भन्सार नाकाका आधारमा निर्यात तर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । आयत तर्फ भने सबै भन्सार नाकाहरुबाट भएको आयातमा वृद्धि भएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.० प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा कुल वस्तु आयात २३.८ प्रतिशतले बढेर ९ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२ प्रतिशत, चीनबाट भएको आयात ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २०.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूजा, एम.एस. बिलेट, तयारी पोशाक, विद्युतीय सामाग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, सुपारी, स्वास्थ्य सम्बन्धी उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात भने घटेको छ ।
यसैगरि चालु आर्थिक बर्षको ८ महिनामा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २६.३ प्रतिशत र अन्य मुलुकतर्फ १.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तर्फको निर्यातमा २७.६ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दाल लगाएतका वस्तुको निर्यात बढेको छ भने अलंैची, प्रशोधित छाला, जुत्ता तथा चप्पल तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
तथ्यांक अनुसार भन्सार नाकाका आधारमा निर्यात तर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । आयत तर्फ भने सबै भन्सार नाकाहरुबाट भएको आयातमा वृद्धि भएकोे छ ।