Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुक्तिनाथ बैंकद्वारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई स्टीकर प्रदान

मुक्तिनाथ बैंकद्वारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई स्टीकर प्रदान

काठमाडौं, ३ वैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई जनचेतनामुलक तथा सुरक्षा सम्बन्धी स्टीकर सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, प्रहरी वृत्त, कमलपोखरीलाई आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग स्वरुप प्रदान गरेको हो ।


उक्त स्टीकर बैंकका मार्केटिङ्ग तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले प्रहरी वृत्त, कमलपोखरीका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेललाई हस्तान्तरण गरेका छन् । स्टीकरहरु प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १० हजार घर तथा कार्यालयहरुमा टासिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x