Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनामा टिबिएम प्रविधिको चमत्कार !

बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनामा टिबिएम प्रविधिको चमत्कार  !

काठमाडौं,४ वैशाख । राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयसीमा भन्दा एक वर्ष अघि नै सम्पन्न भयाे। २०७६ चैतमा सम्पन्न गर्नुपर्ने काम २०७५ चैतमा नै सम्पन्न  हुनुमा टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा प्रयोग नै मुख्य मानिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको  ‘ब्रेक थ्रु’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।

बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो ।

आजै सुर्खेत आउनुभएका प्रधानमन्त्री ओलीले यसपछि सिक्टा सिँचाइ आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन,  प्रदेश नं का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र  नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित हुनुहुन्थ्यो ।

केहो टीबीएम मेसिन?

अमेरिकी प्रविधिअन्तरगत चीनमा बनेको टनेल बोरिङटीबीएम मेसिन हो। यो मेसिनको प्रयोग विशेष गरी सुरुङमार्ग खन्नको लागि गरिन्छ। यसले छिटो सुरुङमार्ग निर्माण गर्दछ।

परम्परागत प्रविधिभन्दा झण्डै ५ गुणा बढी सुरुङमार्ग निर्माण गर्छ। दैनिक ४ मिटर टनेल खन्न सकिन्थ्यो भने मेसिनको प्रयोग औसतमा २० दशमलव ८ मिटर टनेल खन्न सकिन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x