Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

लगानी सम्झौताको कार्यान्वयन गर्न संयन्त्र गठन, पाँच महिना भित्र अन्तर्राष्ट्रिय सम्मेलन निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

लगानी सम्झौताको कार्यान्वयन गर्न संयन्त्र गठन, पाँच महिना भित्र  अन्तर्राष्ट्रिय सम्मेलन निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,६ बैशाख । लगानी बोर्डले हालै सम्पन्न लगानी सम्मेलनको अवसरमा प्रस्तुत् गरिएका परियोजनाहरुमा प्राप्त प्रस्तावहरुको मूल्यांकनलगायतका कार्यको अनुगमन गर्न संयन्त्रण गठन गरेको छ । बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ३७ औ बैठकले लगानी सम्मेलनमा भएका समझदारी तथा संयुक्त लगानी सम्झौताको कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक तथा पूर्वाधार विकास सचिवको अध्यक्षतामा पाँच सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको लगानी बोर्डद्वारा जारी विज्ञाप्तिमा जनाइएको छ । उक्त संयन्त्रमा भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, उद्योग मन्त्रालय र लगानी बोर्डको कार्यालयबाट एक/एकजना सहसचिवहरु सदस्य रहने निर्णय गरिएको छ ।

यस्तै, बैठकले ती परियोजना अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्नुका साथै प्रस्तुत् गरिएका परियोजनामा इच्छुक विकासकर्ताहरुले प्रस्ताव सहितको निवेदन पेस गर्ने म्याद २० अप्रिल २०१९ बाट एक महिना बढाउने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले लगानी सम्मेलन उत्साह जगाउने गरी सफलतापूर्वक सम्पन्न भएको बताएका थिए । ओलीले सम्मेलन देशको आर्थिक विकासका लागि एक महत्वपूर्ण आधार तथा अवसर भएको बताएको लगानी बोर्डले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले उपत्यकामा सुविधाभएको अन्तराष्ट्रिय सम्मेलन हल पाँच महिना भित्र निर्माण गर्न निर्देशन दिनु भएको लगानी बोर्डका प्रवक्ता बलाराम रिजालले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x