Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

विकासको आधारशीला तय गर्न प्रदेश लगानी सम्मेलन

काठमाडौं,६ बैशाख । प्रदेश ३ को सरकारको आयोजनामा आजदेखि चितवनमा लगानी सम्मेनल शुरु हुँदै छ ।  विकास र समृद्धिमा निजी क्षेत्रलाई लगानी आह्वान गर्न चितवनको भरतपुरमा आज र भोली गरी दुईदिने सम्मेलन गर्न लागिएको हो । प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. खिमलाल देवकोटाका अनुसार सम्मेलनमा  प्रदेश नम्बर ३ मा पूर्वाधार, उद्योग, कृषि, पर्यटन, सेवा उद्योगलगायतमा लगानीका सम्भावनाबारे निजी क्षेत्रका प्रतिनिधिलाई जानकारी गराइने र लगानीको आह्वान गरिनेछ, । यसका लागि आयोगले आधारपत्र प्रस्तुत कार्यक्रम रहेको छ । प्रदेश विकासका लागि ८ बटा कार्यपत्र प्रस्तुत गरिने छ ।

सम्मेलनको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै छन् । पारिवार सहित सिन्धुपाल्चोकको सुकुटे पुगेका दाहाला आज दिउसो चितवन तर्फ लाग्ने छन् ।  सम्मेलनमा पूर्वअर्थमन्त्री डा. रामशरण महत, प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्री, प्रतिनिधिसभाका यस प्रदेशका सांसदहरू, प्रदेशसभाका सांसदहरूको साथै निजि उद्योगी ब्यवसायीहरुको समेत गरी २४० बढीक सहभागिता रहने छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x