अजोड इन्स्योरेन्सको गुल्मीमा नयाँ शाखा
काठमाडौं, १० बैंशाख । अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मीमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन रेसुङ्गा नगरपालिकाका उप मेयर सिता भण्डारी गरेकी हुन् ।
सो अवसरमा अजोड इन्स्योरेन्सका गुल्मी शाखा प्रमुख सन्तोस न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रम समापन गर्दै संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरे ।