मंगलबार झिनो अंकको नेप्सेमा सुधार
काठमाडौं, १० वैशाख । साताको तेस्रो कारोबार (मंगलबार) नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सुधार आएको छ । नयाँ वर्ष लागेसँगै लगातार उक्कालो लागेको सेयर बजार हिजो भने ७.२६ अंकले घटेको थियो । तर, आज नेप्से ३.७४ अंकले बृद्धि भई १२६०.६८ विन्दुमा कारोबार बन्द भएको हो ।
उक्त दिन बजारमा कुल १ सय ७६ कम्पनीको १८ लाख १ हजार ५ सय १२ कित्ता सेयर कारोबार हुँदा ६१ करोड ४१ लाख ४७ हजार ४११ रुपैयाँको बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबै भन्दा बढी छिमेक लघुवित्त विकास बैंकले अग्रता लिएको छ । जसको ४ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको हो ।
यसैगरि आज सबैभन्दा बढी कमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । जसको आजको प्रति सेयर मूल्य ३५ अंकले बढेको हो । त्यस्तै सबै भन्दा बढी गुमाउनेमा घलेम्दी हाइड्रो लिमिटेड रहेको छ । जसको प्रति सेयर मूल्य ७ अंकले घटेको हो ।