Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

तेस्रो त्रैमासमा प्राईम लाईफको नाफा १६ करोड ३६ लाख

तेस्रो त्रैमासमा प्राईम लाईफको नाफा १६ करोड ३६ लाख

काठमाडौं, १६ बैशाख । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएकोछ । यो नाफा गत वर्षको सोही अवधीको भन्दा १४.४३ प्रतिशतले बढी हो ।

अहिले कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा इन्स्योरेन्सले ८ अर्ब १४ करोड ७६ लाख ३६ हजार रुपैयाँ जीवन बीमा कोष आर्जन गरेको छ भने महाविपत्ती जगेडा कोषमा १० करोड ८६ लाख २९ हजार रुपैयाँ छुट्टयाएको छ । त्यस्तै यो अवधिमा इन्स्योरेन्सले १ अर्ब ८७ करोड ३ लाख ५६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x