‘बैंक अफ द इयर २०२५’ अवार्डको उपाधि सिटिजन्स बैंकलाई
काठमाडौं, १८ मंसिर । सिटिजन्स बैंकले दोस्रोपटक बैंक अफ द इयरको अवार्ड पाएको छ । लण्डनमा आयोजित विशेष समारोहमा बैंकका सीईओ गणेशराज न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका छन् ।
विभिन्न १३२ मुलुकका प्रतिष्ठित बैंकले यो अवार्ड पाएका छन् । जसमा नेपालबाट सिटिजन्सले यो अवार्ड हात पारेको हो ।

प्राविधिक स्तरोन्नति, नयाँ प्रडक्ट, वित्तीय समावेशीकरण, दिगोपनमा प्रभाव लगायत पक्षमा बैंकले लिने गरेका अग्रसरतालाई मुख्य आधार बनाउँदै डिसेम्बर ४ का दिन बैंक अफ दी इयरको अवार्ड प्रदान गरिँदै आएको छ ।

यसअघि सन् २०२४ मा पनि सिटिजन्सले नै बैंक अफ दी इयरको अवार्ड पाएको थियो ।
यो उपलब्धीले ग्राहक, सेयरधनी तथा कर्मचारीको विश्वासलाई प्रतिबिम्वित गर्ने बैंकका सीईओ न्यौपानेले बताए ।



