गुराँस लघुवित्तको आईपीओ बाँडफाँड
काठमाडौं, २६ बैशाख । गुराँस लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलका अनुसार २३ हजार ३६३ जना आवदेकले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् ।
आईपीओमा माग भन्दा २३.८० गुणा बढी अर्थात ५५ लाख ४५ हजार ४५० कित्ताका लागि आवेदन परेको थियो । वैशाख १६ देखि २० गतेसम्म कुल २ लाख ३३ हजार ६३० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।