सामाजिक शुरक्षा र तलव बृद्धिको तयारीमा सरकार
काठमाडौं,२९ बैशख । सरकारले आउदो बजेटमा बृद्ध भत्ता अपाङ्ग लगायत समाजिक शुरक्षा भत्ता र कर्मचारीहरुको तलव बृद्धिको तयारी गरेको छ । सामाजिक शुरक्षा भत्त र कर्मचारीको तलव केही बर्ष यता नबढेको भन्दै बृद्धिका लागि दवाव बढदै जाँदा सरकार समाजिक सुरक्षा भत्ता र तलवमा केही प्रतिशत पुनरावलोकन तयारी गरिएको हो ।
बृद भत्तामा १ हजार बढाउने तयारी गरिएको छ भने निजामती कर्मचारीको मासिक तलब हल खावाव अइपाइ आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी अर्थको रहेको छ । कर्मचारीको तलब वृद्धि तीन वर्षदेखि भएको छैन । बजारको महंगीअनुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि तीन वर्षदेखि सरकारले कर्मचारीको तलब बढाउन सकेको थिएन ।