Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल र भियतनाम व्यापार तथा लगानी सम्झौताका लागि सहमत

नेपाल र भियतनाम व्यापार तथा लगानी सम्झौताका लागि सहमत

काठमाडौं,२९ बैशाख । नेपाल र भियतनाम बीच व्यापार तथा लगानी ढाँचासम्बन्धी सम्झौता भएको छ । समझौताको आशयपत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी वाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय  परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भएको थियो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट त्यहाँका विदेश मामिला मन्त्रालयका प्रतिनिधि न्गुएन कोक दुङले  हस्ताक्षर गरेका छन् ।

द्विपक्षीय सम्बन्ध र ब्यपारलाई लाइ नयाँ उचाइमा पुर्याउन दुइ देशका प्ररधान्त्रीको उपस्थितामा प्रेसिडेन्सिल हाउसमा उक्त द्विपक्षीय सम्झौता भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x