Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राजश्व सङ्कलनको लक्ष्य हाँसिल गर्न केन्द्रीय अनुगमन टोली परिचालित

राजश्व सङ्कलनको लक्ष्य हाँसिल गर्न केन्द्रीय अनुगमन टोली परिचालित

काठमाडौं,५ जेठ । सरकारले चालू आर्थिक वर्षको निर्धारित राजश्व सङ्कलनको लक्ष्य हासिल गर्न  देशभरिका भन्सार तथा कर कार्यालयका अनुगमनका लागि केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । राजश्व व्यवस्थापन विभागका निर्देशकको नेतृत्वमा सम्मिलित आठ सदस्य टोली परिचालन गरिएको अर्थ मन्त्राले जनाएको छ ।

मन्त्रालयका अनुसार अनुगमन टोलीलाई मन्त्रालय मातहतका विभाग र कार्यालयको वार्षिक कार्यक्रम तथा नियमित कामको अनुगमन गर्ने र कुनै समस्या भए समाधानका लागि तत्काल पहल गर्ने र लक्ष्यअनुसारको प्रगति हासिल गर्नका लागि आवश्यक निर्देशन दिने अधिकार दिइएको छ ।

टोलीले राजश्व सङ्कलन गर्ने कार्यालयको आकस्मिक अनुगमन गर्ने, निरीक्षण तथा सुपरिवेक्षण गर्ने, आवश्यकताअनुसार छड्के जाँच गर्ने र भेटिएका कमीकमजोरीलाई सच्याउन तत्काल निर्देशन दिने छ ।

चालु आर्थिक बर्षमा लक्ष्यअनुशारको राजश्व हासिल गर्न टोली परिचालन गरिएको छ । महालेखा नियन्त्रको कार्यालयका अनुशार चालु आर्थिक बर्षको दस महिना काटिसक्दा अर्थात जेठ ४ गते सम्म आइपुग्दा राजश्क संकलन ६८ दशमलव १९ प्रतिशत रहेको छ । ८ खर्ब ३१ अर्व ३१ करोड ८० लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएको मा हाल सम्म ५ खर्ब ६६ अर्ब ७२ करोड ९ लाख मात्र राजश्व संकलन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x