Date

सोम, कार्तिक १७, २०८२
Mon, November 3, 2025

राष्ट्रिय वाणिज्य बैंकद्वारा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत

राष्ट्रिय वाणिज्य बैंकद्वारा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई  पुरस्कृत

काठमाडौं, ५ जेठ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालय र कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । बैंकको ५४ औं वाषिकोत्सबको अवसरमा गत माघ १० गते घोषणा गरिएको उक्त पुरस्कार बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले वितरण गरेका हुन ।

सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत ५० हजार धनराशी सहितको सर्वोत्कृष्ठ कर्मचारी पुरस्कार बित्त विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक बिमल डंगोलले प्राप्त गरे भने २० हजार धनराशी सहितको उत्कृष्ठ कार्य सम्पादन गरे वापत अन्य २८ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै, शाखा कार्यालय सन्धिखर्क शाखालाई नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो भने अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने १४ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद १० हजार देखि रु ३० हजार सम्म , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *