Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

मोदीको सपथग्रहण समारोहमा सहभागि हुन प्रधानमन्त्री भारत प्रस्थान

मोदीको सपथग्रहण समारोहमा सहभागि हुन प्रधानमन्त्री भारत प्रस्थान

काठमाडौं, १६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन्। मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएकासँगै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्।

बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य छन्। मोदीले दोस्रो कार्यकालका लागि आज सपथ ग्रहण गर्दै छन् ।

प्रधानमन्त्रीलाई बिदाई गर्न रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत उपस्थित थिए।

मोदीसँग द्विपक्षीय वार्तापछि प्रधानमन्त्री ओली भोली स्वदेश फर्किने कार्यक्रम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x