Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मंगलबार नेप्सेमा ३.५६ अंकले गिरावट, सूचिकृत १२ समूहमध्ये ४ को उपसूचकमा सुधार

मंगलबार नेप्सेमा ३.५६ अंकले गिरावट, सूचिकृत १२ समूहमध्ये ४ को उपसूचकमा सुधार

काठमाडौं, २१ जेठ । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) पनि सेयरमा सुधार आउँन सकेन । आइतबार र सोमबार क्रमशः १३.७९ र १२.८४ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि ३.५६ अंकले गिरावट आएको छ । साताको पहिलो दिन देखि नै गिरावट आएको नेप्से १२८९.२८ बिन्दुमा गएर रोकिएको छ ।

१ सय ७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता सेयर खरिदविक्री हुँदा ७१ करोड ५४ लाख ७८ हजार ६१२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयार कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । शिवम्को १२ करोड १३ लाख रुपैयाँ भन्दा बढी सेयर कारोबार भएको छ ।
नेप्सेमा सूचिकृत १२ समूहमध्ये ४ समूहको उपसूचकमा बृद्धि भएको छ । उपसूचक बृद्धि हुनेमा होटेल, फाइनान्स, विकास बैंक र उत्पादन तथा प्रशोधन समूह रहेका छन् । उक्त समूहहरुको क्रमशः होटेल १.५६, फाइनान्स १.५, विकास बैंक ०.१६ र उत्पादन तथा प्रशोधन समूहको १.५ प्रतिशतले उपसूचकमा बृद्धि आएको हो ।

त्यसैगरी आज सबैभन्दा बढी कमाउँनेमा तारागाउँ रेजेन्सी होटेल लिमिटेडका सेयरधनीहरु रहेका छन् भने सबैभन्दा बढी गुमाउँनेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडका सेयरधनीहरु रहेका छन् । तारागाउँ रेजेन्सी होटेलको प्रतिसेयर मूल्य ६.९८ प्रतिशतले बृद्धि भएको छ । जोशी हाइड्रोपावरको प्रतिसेयर मूल्यमा ६.३८२९८ प्रतिशतले गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x