Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आइएमई लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, २१ जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सर्वसाधारण तथा ग्राहकहरुले उक्त बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले हाल ७६ शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । त्यस्तै उक्त इन्स्योरेन्सले बिभिन्न १० वटा योजनाहरु सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण तथा आजिवन लगायतका बीमा योजनाहरू पनि सार्वजनिक गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x